पुस्तक: Understanding Photography and Photojournalism [फोटोग्राफी तथा फोटोपत्रकारिता]
मूल्य: रू २००/-
प्रकाशक:
JF प्रकाशन, काठमाडौं, नेपाल
इमेल: jfreadingclub@gmail.com
ब्लग: http://jfreadingclub.blogspot.com
वितरक:
पालुवा प्रकाशन तथा वितरक
फोन:-४२६७५६८, ९८५११०५७७८
फोटोग्राफी (Photography)
‘फोटोग्राफी’ ग्रीक शब्द photos अर्थात् [lights] र graphein अर्थात् [to draw] को संयोजन हो। बैज्ञानिक Sir John F.W. Herschel ले सन् १८१९मा पहिलोपटक फोटोग्राफी शब्दको प्रयोग गर्दै यसको सैद्धान्तिक पक्षको व्याख्या गरे। उनले क्यानोटाइप प्रक्रिया [Cyanotype process] को विकास गरेर फोटोग्राफिक प्रक्रियाको विकासमा महत्त्वपूर्ण योगदान पुर्या ए भने फोटोग्राफिका लागि नेगेटिभ र पोजेटिभ दुई शब्दको प्रयोग पनि उनले नै गरे। फोटोग्राफिक प्रक्रियाको विकास हुने क्रममा Joseph Nicéphore Niépce ले सन् १८१४मा तस्बिर लिएका थिए तर त्यो तस्बिर स्थायी रूपमा बस्न सकेन।
फोटोग्राफी प्रक्रियाको विकासक्रम (Evolution of photography process)
सन् १७२७ मा T.H. Schulze ले सिल्भर क्लोराइड [silver choloride, AgCl] मा प्रकाश पर्दा सो कालो हुने कुरा पत्ता लगाए। यही क्लोराइड नै फोटोग्राफीका लागि आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण रसायन थियो। सन् १७३७ मा Hellot ले सिल्भर नाइट्रेट [AgNO3]को घोललाई कागजमा राखी सो कागजमा प्रकाश पार्दा प्रकाशका कारण कागज कालो हुने वा ‘एक्सपोज’ हुने कुरा पत्ता लगाए। सन् १८०२ मा T.Wedgewood र Humphrey Davy ले सिल्भर नाइट्रेटको प्रयोग गरी क्यामेरा अब्सक्युरा [camera Obscura] मार्फत् कागजमा फोटोग्राफी वा तस्बिरको निर्माण गर्न खोजे पनि त्यो प्रयास असफल भयो।
फोटोग्राफको नेपाली इतिहास (History pf Nepali photography)
आधिकारिक रूपमा नेपाली फोटोग्राफीको सामाजिक इतिहासमा काम गरेका प्रत्यूष वन्त [वन्त: सन् १९९८] लाई आधार मान्दा राणा प्रधानमन्त्री चन्द्रशमशेरका वेलामा बेलायतबाट फोटो खिच्ने प्रविधि नेपाल भित्रिएको मान्नु पर्छ। उनका अनुसार नेपालभित्र नै फोटो खिच्ने पहिलो व्यक्ति बेलायती नागरिक क्यारेन्स कोमेन टेलर [Clarence Comyn Taylor] थिए। उनी सन् १८६३को मार्च महिनामा काठमाडौंमा आएका र त्यसको ६ महिनाभित्र नै राणाहरूको फोटो खिचेका थिए१। उनी बाहेक John Claude White ले सन् १८८३-१८८४ तिर Gustave Le Bon ले १८८५ र Kurt Boeck ले १८९९ तिर नेपालमा फोटोग्राफी गरेका थिए।
क्यामेराको छनौट (Selection of Camera)
क्यामेरा किन्दा मुख्य रूपमा एपरचरको सुविधा, बडी र सटर स्पिड हेर्ने गरिन्छ। फोटोग्राफीका धेरैजसो क्रियाकलाप यी तीन चिजमा भर पर्ने भएकाले यिनीहरूले विशेष महत्त्व राखेका हुन्छन्।
सटर [Shutter] वडी [Body]मा हुने भएकोले सटर स्पिड [Speed] कति देखि कतिसम्म छ भन्नेज कुराको ख्याल राखेर क्यामेराको बडी किन्नुिपर्छ। वढी अँध्यारो वा वढी प्रकाश भएको ठाउँमा फोटो खिच्दा, अथवा क्यामेराको फिल्म [हाल आएर CCD, CMOS] वा एपरचर [Aperture]सँगको समन्वयका लागि सटर स्पिडले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। जस्तै; गुडिरहेको गाडी, उड्न लागेको जहाज [प्लेन] को फोटो खिच्नु पर्योस भने सटर स्पिड नं. धेरै राख्नुिपर्छ अर्थात् एक्सन फोटोग्राफीलाई ध्यान दिने हो भने जति धेरै सटर स्पिड भएको क्यामेरा हुन्छ त्यति नै राम्रो मानिन्छ। कतिपय अवस्थामा फोटोग्राफीका लागि कम सटर स्पिड चाहिन्छ।
डिजिटल फोटोग्राफी (Digital photographsy)
सिद्धान्तको आधारमा डिजिटल र सेल्युलाइड फोटोग्राफीमा केही फरक छैन। दुवैले सानो वाकसमा लेन्स हुँदै आएको दृश्यलाई सङ्कलन गर्ने हो र यसका लागि आवश्यक प्रकाश, क्रियाशीलता र रचनामा कुनै फरक छैन तर दुवै प्रणाली अन्तर्गत दृश्य सङ्ग्रहित हुने प्रणालीमा भने फरक छ।
हेलाइड फोटोग्राफीमा फिल्मको प्रयोग गरिन्छ भने डिजिटल फोटोग्राफीमा विद्युतीय सेन्सर Electronic Sensor को प्रयोग गरिएको हुन्छ, जसले प्रकाशलाई धेरै विद्युतीय चार्ज [Electronic Charges] हरूमा टुक्र्याएर विद्युतीय सङ्केत [Electronic signals] मा परिवर्तन गर्दछ। सो सङ्केतलाई क्यामेरामा रहेको डाटाहरू माइक्रोचिप [Microchip] ले सङ्ग्रह गर्ने गर्दछ। यी सङ्केतहरूलाई बाइनरी नम्बर प्रणाली Binary Number System मा व्यवस्थित गरिएको हुन्छ र यसलाई कम्प्युटरले सजिलै पढ्न सक्छ।
फोटोपत्रकारिता (Photojournalism)
फोटो पत्रकारहरूको काम कुनै खास घटना वा अवस्थाको तस्बिर निकाल्नु वा “क्याप्चर” गर्नु मात्र होइन बरू फोटोका माध्यमद्वारा उक्त घटना वा अवस्थाका बारेमा “अडियन्स”लाई प्रभावकारी रूपमा जानकारी दिनु र प्रभाव पार्नु पनि हो। Henri Carties-Bresson ले “decisive moment”१ [अत्यन्त महत्वपूर्ण क्षण] का बारेमा पहिलोपटक चर्चा गरेका छन्। Decisive moment लाई अत्यन्त छोटो, महत्त्वपूर्ण र निर्णायक क्षणका रूपमा बुझ्नुपर्छ जुन कुरा फेरि दोहोरिन असम्भवप्राय: हुन्छ र त्यो क्षणको तस्बिर क्याप्चर गर्ने वा लिने सम्भावना निकै कम हुन्छ। यस्ता महत्त्वपूर्ण क्षणहरूको तस्बिर लिनका लागि धैर्य, परिश्रम, उत्सुकता र द्रुत गतिमा सोच्न सक्ने्
तथा सोचेका कुरालाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न सक्नेर क्षमताको जरूरत पर्दछ। त्यसो त यस्ता महत्वपूर्ण क्षणहरूका निम्ति “भाग्य”ले पनि महत्त्वपूर्ण भूमिका खेल्नव सक्छ।
फोटोपत्रकारिताको विश्व इतिहास (History of world photojournalism)
फोटो पत्रकारिताले कुनै विशेष घटना, विषयवस्तु वा कथाको सजीव चित्रण गर्दछ। यो दैनिक अखबार, पत्रपत्रिका, जर्नल वा बुलेटिनमा मात्र होइन टी.भी., तथा इन्टरनेटमा पनि प्रयोग गन्छि। यसले समाचारका अतिरिक्त सांस्कृतिक घटनाक्रम तथा खेलकुद, राजनीति, युद्ध, र कला साहित्य जस्ता विषयवस्तुको सजीव चित्रण गर्छ। विशेष गरी समाचारप्रधान तस्बिरको प्रयोग सन् १८३० तिर शुरु भयो। अंग्रेज फोटोग्राफर रोजर फेन्टन [Roger Fenton] ले युरोपमा क्रिमेन युद्ध [Crimean War, 1853-1856] का बेला व्रिटीश सेनाको तस्बिर तथा अमेरिकन फोटो ग्राफर म्याथु ब्रडी [Mathew Brady] ले अमेरिकी गृह युद्ध सन् १८६१-१८६५को बेलामा लिएका तस्बिरले निकै चर्चा पायो तर, फोटोग्राफीका लागि लामो समय लाग्नेु, फोटोग्राफीका सामग्रीहरू एक ठाउँबाट अर्को ठाउँमा लग्नवका लागि आइपर्ने कठिनाई तथा महंगाईको कारणले यो पेशा त्यति लोकप्रिय हुन सकिरहेको थिएन। यसको लोकप्रियता १९ औं शताव्दीमा भने निकै बढ्यो।
फोटोपत्रकारिताको नेपाली इतिहास (History of Nepali photojournalism)
नेपाली फोटोपत्रकारिताको कुरा गर्दा गोरखापत्रको चर्चा नगरी धरै पाइँदैन। धेरै पुस्तकहरूमा गोरखापत्रले भाग २७, संख्या २, १९८४ बैशाख १३ को दिन पहिलो पटक तस्बिर छापेको कुरा उल्लेख छ तर यो भन्दा पहिले पनि गोरखापत्रमा तस्बिरहरू छापिएका उदाहरण भने देखिन्छन्। नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास [२०२४]मा देवकोटाले यस फोटोलाई गोरखापत्रमा छापिएको सर्वसाधारणको पहिलो फोटो भनेर चर्चा गरे पनि सो भन्दा पहिले प्रकाशित फोटोहरूको चर्चा भने छैन। फोटोपत्रकारिताका दृष्टिकोणले कुन फोटो कहिले छापियो भन्नेर विषयमा बहस र खोज गर्न सकिएला तर वि.सं. १९८४ वैशाखमा छापिएको तस्बिर भन्दा पहिले नै वि. स. १९८२ असार २३गतेको गोरखापत्रमा चन्द्रशमशेरको फोटो प्रकाशित भइसकेको देखिन्छ।
फोटो उत्पादन तथा प्रकाशन (Photoproduction and publication)
नेपालका सन्दर्भमा पत्रपत्रिका वा पुस्तकहरूमा प्रयोग हुने तस्बिरका ब्लकहरू भारतीय शहरमा बन्नेa गर्थे। यो महङ्गो हुने कारणले पनि यसको व्यापक प्रयोग पत्रपत्रिकाहरूमा नभएको हुन सक्छ। पुराना धेरैजसो प्रकाशित फोटोहरू हाल्फटोन प्रविधिमा आधारित छन्। लेखकहरूको तस्बिरका लागि आवश्यक पर्ने हाल्फटोन प्रविधिबाट निर्मित ब्लकहरूको उत्पादन र प्रयोगको उदाहरण धेरैजसो पुराना पत्रपत्रिकाहरूमा देख्न सकिन्छ। ब्लकका लागि लाग्नेध खर्च लेखक-लेखिकाहरू स्वयंले बेहोरेको कुरा वनारसबाट वि.स.२०१२ सालमा प्रकाशित छात्रवाणीमा यसरी आएको छ, “यस पत्रिकाका लेखक-लेखिकाहरूले आफ्ना-आफ्ना ब्लकको खर्च आफैले बेहोर्नु भएकोमा “छात्रवाणी” उहाँहरूप्रति धन्यवाद प्रकट गर्दछ। २०१२ सालमै बनारसबाट प्रकाशित छात्रदूतमा ब्लकका सन्दर्भमा यस्तो दु:खेसो पोखिएको छ, ‘कति लेखकहरूबाट समयमा ब्लक नपाएकोले फोटो छपाउन नपाउँदा सम्पादक मण्डल दु:खी छ’।
क्याप्सन (Caption)
• तस्बिर हेरेर मात्र क्याप्सन लेख्नुpहोस्। अझ क्रप भइसकेको तस्बिर हेरेर मात्र क्याप्सन लेख्नुूहोस्।
• प्रत्येक ग्राफिक्सहरू जस्तो कि फोटो, नक्शा, टेबुल तथा तालिकाहरू तथा चित्रहरूमा क्याप्सन हुन जरूरी छ।
फोटो सम्पादन (Photo Editing)
मिडिया हाउस अनुसार तस्बिर सम्पादनका आ-आफ्ना नियमहरू हुन सक्छन्। सामान्य किसिमको सम्पादन फोटोग्राफर आफैले गर्ने गरेको पाइन्छ। खासगरी साइज, मिलाउने, क्रप गर्ने तथा केही मात्रामा प्रकाश [Ligh]मिलाउने कामहरू फोटो सम्पादकलाई फोटो जानुपूर्व नै पनि गर्न सकिन्छ तर समग्रमा फोटो सम्पादन गर्दा भने निम्नक कुराहरूलाई ख्याल राख्नु पर्छ।
• फोटोको साइज हेरेर कति लामो क्याप्सन राख्नम सकिन्छ भन्नेन कुराको विचार गर्नुहोस्। फोटोको साइज ठूलो छ भने अलि लामो क्याप्सन भए पनि हुन्छ तर फोटो सानो छ भने क्याप्सन पनि छोटो हुन आवश्यक छ।
आचारसंहिता (Ethics )
सत्य सूचना पाउने जनताको अधिकारका लागि फोटोपत्रकारहरू जति सचेत हुनु पर्छ त्यति नै सचेत गोपनीयता तथा मानवीय संवेदना वा मानवीय मर्यादा र सम्मानका सन्दर्भमा पनि हुनुपर्छ। स्टकहोम सम्मेलन, १९९१ का सहभागी तथा प्रतिनिधिहरूले ‘प्रेस नैतिकता’ विषयमा प्रस्तुत गरेका विविध विषयहरूमध्ये ‘फोटो प्रकाशन गर्दा सावधानी अपनाउनेलाई पनि समेटेको छ जसमा पत्रकारले शरीर क्षतविक्षत भएको, रगताम्य घटनाहरू तथा घृणित दृश्यहरू भएको फोटोहरू प्रकाशन गर्न हुँदैन’१ भनिएको छ तर नेपाली पत्रकारिता क्षेत्रमा प्रकाशित भएका केही फोटोहरू हेर्दा यो पूर्णरूपमा उलंघन भएको देखिन्छ।
पुस ११, २०६३ मा कान्तिपुरको १४औं पृष्ठमा छापिएको तस्बिरलाई लिएर तस्बिर आउने [अनिता] ले उनको गोपनीयताको हकको हनन भएकोमा विरोध गर्दै कान्तिपुर दैनिकमा पाठक प्रतिक्रिया लेखिन्। पुस १६ मा अन्य पाठकहरूबाट उनको प्रतिक्रिया माथि पनि प्रतिक्रियाहरू आए र पत्रपत्रिकामा के छाप्नप हुने वा के छाप्न नहुने भन्नेा विषयमा थोरै बहस पनि चलायो।
फोटोग्राफ कसरी पढ्ने How to read Photography (Understanding Photography)
फोटोग्राफी शुरूदेखि नै समाजमा प्रभुत्व कायम गरेका [शासक, संभ्रान्त] वर्गहरूद्वारा निर्धारित विषयवस्तुहरू ‘लिइने’ र ‘नलिइने’ प्रविधिका रूपमा विकसित भइरह्यो। विशेष विचारधाराको प्रतिनिधित्व गर्ने वा विशेष विचारधारा निर्माण गर्न सघाउने यो परम्परा नेपालजस्तो प्राविधिक क्षेत्रमा आम पहुँच नपुगेको वा नभएको देशमा अद्यापि कायम छ। कसले, कुन फोटो, के प्रयोजनका लागि खिच्यो? के कम्पोज गर्योन, के गरेन? कुन विषयवस्तु छान्यो, कुन छानेन? त्यसको क्याप्सन के लेख्यो ? फोटोमा के फोकस भयो वा गरियो? आदि कुराहरूले समाजमा फोटोको प्रभाव वा असरहरू कस्तो पर्छ भन्ने कुराको निर्धारण गर्छ। यसले अडियन्स [Audience] लाई प्रभाव पार्ने वा यसैका आधारमा अडियन्सले विशेष विचारधारा [Ideology] को निर्माण गर्ने सम्भावना रहन्छ। एउटा विश्लेषणमा Tagg र Gunning दुवैले फोटोग्राफी जस्तो वैज्ञानिक प्रक्रिया “विचारधारा” व्यक्त गर्न सक्नेा “अदृश्य शक्ति”को उत्पादन गर्ने वा सिधै “विचारधारा” पस्कन सक्नेफ पद्धतितर्फ उन्मुख भइरहेको तर्फ सचेत गराएका छन्। यस प्रसङ्गमा फुको [Foucault]को “सबैभन्दा बढी देखाउने र सबैभन्दा राम्रोसँग [चलाखीपूर्वक] लुकाउने” मान्यतालाई सम्झन उचित हुनेछ।